राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

नेपालभ्युज

राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

काठमाडौं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा संयुक्त अधिराज्य अमेरिकामा असामयिक निधन भएको छ। प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपाले  जनाएको छ।

एक असल, भद्र र इमानदार व्यक्तित्वको परिचय स्थापित गरेका अधिकारीको जन्म २०१३ सालमा सङ्खुवासभामा भएको थियो। उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।

उनको निधनमा दुःख व्यक्त गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरूमा तीन दिन झण्डा झुकाउने र १३औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ।

स्वर्गीय अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved