गणेश पाण्डेले दिए एमाले प्रचार सचिवबाट राजीनामा

नेपालभ्युज

गणेश पाण्डेले दिए एमाले प्रचार सचिवबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग सचिव गणेश पाण्डेले राजीनामा दिएका छन् ।

एमाले सचिवालयको ४५औं बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा मनोनीत गरेको थियो । तर, प्रेस चौतारी अध्यक्षको दाबेदार रहेको भन्दै पाण्डेले प्रचार विभाग सचिवमा बस्न अस्वीकार गरेका छन् ।

उनले राजीनामा पत्रमा भनेका छन्, “म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि (दुई कार्यकाल) केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved