सुनको मूल्य तोलामा १ हजारले घट्यो

नेपालभ्युज

सुनको मूल्य तोलामा १ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार तोलाको १ लाख ७६ हजार रुपैयाँ कायम हुँदै सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । जुन अहिलेसम्मै उच्च हो । बिहीबार भने सुनको मूल्य स्थिर रहेको थियो ।

यस्तै, चाँदीको मूल्य आज पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved