काठमाडौं । मण्डला थिएटरमा जारी तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो दिन आज (शुक्रबार) भारतीय र ट्युनिसियन नाटक मञ्चन्न हुँदैछ ।
कर्पोरेट शक्तिहरूले आदिवासी र उनीहरूका पुर्खाले हस्तान्तरण गरेको भूमिबीचको सामञ्जस्यपूर्ण सम्बन्धलाई कसरी बाधा पु¥याउँछन् भन्ने कथा बोकेको भारतीय नाटक ‘एबोरिजिनल क्राइ’ मध्यान्ह १२ बजे र अपरान्ह ४ः३० बजे मण्डला स्टुडियोमा मञ्चन हुँदैछ ।
नाटकले भारतको मणिपुरस्थित हिङ्सा प्रभावित क्षेत्रहरूमा विस्थापित मानिस र समुदायहरूको कठिनाइलाई चित्रण गरेको छ ।
यसैगरी ट्युनिसियाको नाटक ‘आश’ दिउँसो २ बजे र साँझ ५ः४५ बजे मण्डला थिएटरमा नै मञ्चन हुँदैछ ।
अभिनय र नृत्यको संयोजनमा बनेको नाटक ‘आश’मा बेतुकका लाग्ने घटनाहरूको शृङ्खला बुनिएको देखाइएको छ । यसमा वैज्ञानिक प्रयोगहरूमा आधारित घटनाहरू समावेश गरिएको छ ।
चैत ६ गतेदेखि शुरु भएको महोत्सवमा नेपालसहित १२ देशका १७ नाटक मञ्चन हुँदैछन् । महोत्सव चैत १२ गतेसम्म चल्नेछ ।
Facebook Comment
Comment