सङ्घलाई सुइको नदिइ योगीलाई भेट्न पुगे मधेसका मुख्यमन्त्री

नेपालभ्युज

सङ्घलाई सुइको नदिइ योगीलाई भेट्न पुगे मधेसका मुख्यमन्त्री

काठमाडौं । मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंह सङ्घीय सरकारको जानकारीबिनै भारत पुगेका छन् ।

भारतमा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गरेका छन् । उनले योगी आदित्यनाथसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएका छन् । मुख्यमन्त्री सिंहले बिहीबार नै योगी आदित्यनाथसँग भेट गरेका हुन् ।

संविधानअनुसार मुख्यमन्त्रीले विदेश भ्रमण गर्न सङ्घीय सरकारको स्वीकृति लिनुपर्छ । तर, प्रधानमन्त्री केपी ओलीको सचिवालयका अनुसार मधेश प्रदेशका मुख्यमन्त्रीको भारत भ्रमणबारे सङ्घीय सरकारलाई जानकारी नै छैन।

उनले सामाजिक सञ्जालमा योगीसँग भेटेको तस्वीर राख्दै लेखेका छन्, भेटमा जननी जानकीको पवित्रभूमि जनकपुरधामसँगै मधेस प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको व्यापक सम्भावनाका विषयमा विस्तृत कुराकानी भएको छ ।’

सङ्घीय सरकारको अनुमतिबिना नै भारत गएका मुख्यमन्त्री सिंहले योगीसँग ‘रामायण सर्किट र सीता सर्किटको विकासका लागि उत्तर प्रदेश सरकारको सहयोग’ विषयमा कुराकानी गरेको बताएका छन् ।

तर, नेपालको संविधानअनुसार वैदेशिक सहयोगसम्बन्धी अधिकार संघीय सरकारलाई मात्र छ, जसले उनको यो कदमलाई थप विवादित बनाएको छ ।

मुख्यमन्त्री सिंहसँगै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली काङ्ग्रेसका पूर्वसांसद अभिषेकप्रताप साहले पनि योगीसँग भेट गरेका छन् । स्रोतका अनुसार यो भेटको सम्पूर्ण चाँजोपाँजो पूर्वसांसद साहले मिलाएका हुन् ।

मुख्यमन्त्री सिंह, पूर्वमुख्यमन्त्री चौधरी र पूर्वसांसद साहको भारत यात्रा तथा योगीसँगको भेटघाटबारे भारतस्थित नेपाली दूतावास र नेपालस्थित भारतीय दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।

यसअघि काठमाडौंमा भएको राजावादी आन्दोलनमा योगीको तस्वीर प्रयोग भएको थियो । यस्तो अवस्थामा सङ्घीय सरकारको जानकारीबिनै मुख्यमन्त्रीको भारत भ्रमण प्रश्नको घेरामा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved