सामाजिक सञ्जालहरू १ महिनाभित्र दर्ता नभए नेपालमा नचल्ने, यस्तो छ सूचना

नेपालभ्युज

सामाजिक सञ्जालहरू १ महिनाभित्र दर्ता नभए नेपालमा नचल्ने, यस्तो छ सूचना

काठमाडौं। सरकारले सामाजिक सञ्जालहरूलाई नेपालमा एक महिनाभित्र दर्ता नभए रोक लगाउने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै बिहीबार सूचना प्रकाशित गरेर दर्तामा नआए फेसबुक-इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जालमा रोक लगाउने जनाएको हो ।

‘…तोकिएको समयभित्र सूचीरकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई निर्दे्शिकाको दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्जालनमा रोक लगाउन सक्‍ने व्‍यहोरा समेत जानकारी गराइन्छ।’  सूचनामा भनिएको छ ।

यस्तो छ सूचना 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved