बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा भेटियो नवजात शिशुको शव

नेपालभ्युज

बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा भेटियो नवजात शिशुको शव
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।

बलम्बु खोलामा शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका एसपी अपिलराज बोहराका अनुसार सालनाल सहितको शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।

भर्खर जन्मेको छोरीको शव कसले खोला किनारमा फाल्यो  भन्नेबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved