खेलकुदको विकास गर्न पार्टीले बनाउने नीति महत्वपूर्ण हुन्छ : सभापति देउवा

नेपालभ्युज

खेलकुदको विकास गर्न पार्टीले बनाउने नीति  महत्वपूर्ण हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुदको विकास गर्न पार्टीले बनाउने नीतिको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाली काङ्ग्रेसको केन्द्रीय खेलकुद विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको खेलकुद नीति तथा कार्यक्रम विषयक विचार गोष्ठीमा देउवाले पार्टीले तय गर्ने नीति खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास गर्न महत्वपूर्ण हुने बताएका हुन् ।

उनले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको धारणा पनि राखे । देउवाले खेलकुद नीतिका लागि पार्टीभित्र व्यापक बहस हुनु सकारात्मक रहेको जिकिर गरे ।

त्यस्तै काङ्ग्रेस उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved