काठमाडौं । काठमाडौं स्कूल अफ ल (केएसएल)का संस्थापक एवं प्रबन्ध निर्देशक युवराज सङ्ग्रौलामाथि लागेको विद्यार्थी दुर्व्यवहारको आरोपमा छानबिन समितिले क्षेत्राधिकार नभएको भन्दै प्रतिवेदन बुझाएको छ ।
पूर्वजिल्ला न्यायाधीशसमेत रहेका डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले सङ्ग्रौलामाथि लागेको आरोपमा छानबिन गर्ने कार्यादेश स्कूल प्रशासनबाट पाएको थियो । तर, समितिले भने आफूहरूको क्षेत्राधिकार नपुग्ने भन्दै प्रतिवेदन बुझाएको हो ।
समितिका सदस्य तीर्थ कोइरालाका अनुसार सङ्ग्रौलामाथि लागेको आरोप छानबिनको विषयमा समितिले ‘क्षेत्राधिकारभित्र नपर्ने’ जनाएको छ ।
गएको आइतबार केएसएलले पत्रकार सम्मेलन गर्दै पूर्वन्यायाधीश भट्टराईको नेतृत्वमा ‘तटस्थ जाँचबुझ समिति’ गठन गरिएको जनाएको थियो । पूर्वजिल्ला न्यायाधीश भट्टराई नेतृत्वको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी छानबिन समितिको सदस्य रहेका थिए ।
तर, समितिमा राखिएकी अधिवक्ता सीमा धामीले सामाजिक सञ्जालमा सङ्ग्रौलाको समर्थनमा स्ट्याटस लेखेको हुँदा समितिले निष्पक्ष निर्णय गर्न नसक्ने भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।
छानबिन समितिका सदस्य नै आरोपित सङ्ग्रौलाको पक्षमा
Facebook Comment
Comment