गौतमबुद्ध विमानस्थलबारे प्रधानमन्त्री : देखाउनका लागि बनाएको होइन, चलाउने हो

नेपालभ्युज

गौतमबुद्ध विमानस्थलबारे प्रधानमन्त्री : देखाउनका लागि बनाएको होइन, चलाउने हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालनका लागि विज्ञहरूको परामर्शअनुसार कार्य भइरहेको जानकारी दिए ।

“सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरेर कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ,” ओलीले भने, “यो विमानस्थल केवल देखाउनको लागि होइन, सञ्चालनको लागि निर्माण गरिएको हो र यसलाई अवश्य सञ्चालन गरिनेछ ।”

प्रधानमन्त्रीले विमानस्थल अस्थायी रूपमा होइन, दीर्घकालीन र दिगो रूपमा सञ्चालन गरिने स्पष्ट पारे । उनकाअनुसार विमानस्थल सञ्चालनलाई प्रोत्साहित गर्न यात्रु सेवा शुल्क, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ लगायतका क्षेत्रमा विशेष छुट प्रदान गरिइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved