रेकर्ड कायम गरेको सुनको भाउ स्थिर

नेपालभ्युज

रेकर्ड कायम गरेको सुनको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउ बिहीबार स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । जुन बुधबार तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ७६ हजार कायम हुँदै रेकर्ड ब्रेक गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved