हिमाली क्षेत्रमा हिमपात र पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना  

नेपालभ्युज

हिमाली क्षेत्रमा हिमपात र पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना  
फाइल तस्वीर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भागमा भने आङ्शिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।

मधेस प्रदेशमा मुख्यतया सफा रहने सम्भावना छ । बागमतीका हिमाली क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आङ्शिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved