गोरखपुरबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता, खोजी कार्य जारी

नेपालभ्युज

गोरखपुरबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । नेपाल घुम्न आएका एक जना  युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । बेपत्ता  हुनेमा भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाका र २५ वर्षीय शिवम पाण्डे रहेको पाल्पा प्रहरीले जनाएको छ ।

पाण्डे पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार बेपत्ता भएका हुन् ।

उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको  बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved