निगरानीमा अमेरिकी भिसावाहक, जुनसुकै बेला हुनसक्छ देश निकाला

नेपालभ्युज

निगरानीमा अमेरिकी भिसावाहक, जुनसुकै बेला हुनसक्छ देश निकाला

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भिसावाहकलाई निगरानीमा राखिने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले भिसा प्राप्त गर्नेहरु निरन्तर निगरानीमा रहने जानकारी दिएको हो ।

भिसा प्राप्त गरेका सबैले अमेरिकी कानुन र आप्रवासनसम्बन्धी नियमको पालन गरेको/नगरेको भन्ने जाँच निरन्तर भइरहने दूतावासले जनाएको छ ।

“अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन । सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं – र यदि उनीहरूले नियम उल्लङ्घन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं ।” दूतावासले भनेको छ ।

डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीमाथि कडाइ गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved