बालकोटमा आगलागी, १० लाखको क्षति

नेपालभ्युज

बालकोटमा आगलागी, १० लाखको क्षति
सांकेतिक तस्वीर

काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रेडक्रस चोकमा मोहम्मद आसिमले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा वर्कसपमा रहेको दुई मोटरसाइकल, एउटा स्कुटर, कम्प्रेसर मेसिन एक थान, पानी तान्ने मेसिन–तीन थान, विभिन्न ब्राण्डका मोबिल आठ थान, केही कार्टुन र बाइकको पाट्र्सहरू जलेर नष्ट भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

वर्कसपमा भएको आगलागीका कारणसँगैको रगु श्रेष्ठको घरमा क्षति पुगेको जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए । उनले भक्तपुरको दमकलले आगो नियन्त्रणमा लिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved