मोरङमा आगलागीमा परेर एक बालिकाको मृत्यु, ९ घर जले

नेपालभ्युज

मोरङमा आगलागीमा परेर एक बालिकाको मृत्यु, ९ घर जले

काठमाडौं । मोरङमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका-६ को कदमा गाउँमा मङ्गलबार दिउँसो आगलागी भएको थियो ।

आगलागीमा अनित मियाकी ४ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

आगलागीमा ९ वटा घर जलेका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved