काठमाडौं महानगरले भन्यो- नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्नु

नेपालभ्युज

काठमाडौं महानगरले भन्यो- नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्नु

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न विद्यालयहरूलाई सचेत गराएको छ ।

महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै  शैक्षिक सत्र शुरू नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सचेत गराएका हुन् ।

ज्ञवालीले पत्रमार्फत काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)लाई स्मरण समेत गराएका छन्  । जुन व्यवस्था अनुसार कसैले पनि शैक्षिक सत्र शुरू नभई विद्यार्थी भर्ना गर्न गराउन पाइँदैन ।

कतिपय विद्यालयले शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो आएकाले त्यसो गरेको पाइए कानूनी कारबाही गर्ने पत्रमा भनिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved