काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

नेपालभ्युज

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित तीन सदस्यीय समितिको सिफारिसमा परेका तीन जनामध्ये प्राडा वाग्ले उपकुलपतिमा नियुक्त भएका हुन्। उनी  यसअघि केयूको रजिष्ट्रार थिए।

केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य थिए।

उपकुलपतिका लागि २० जनाले आवेदन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved