काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको मुद्दामा मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।
ट्रम्पले भनेका छन्, “मलाई लाग्छ हामी भूमिको मुद्दाको बारेमा कुरा गर्नेछौं, किनकि युद्ध सुरु भएदेखि त्यहाँ ठूलो परिवर्तन भएको छ । हामी पावर प्लान्टहरूको बारेमा कुरा गर्नेछौं, जुन एउटा ठूलो प्रश्न हो ।”
अमेरिकी राष्ट्रपतिका अनुसार युक्रेन र रुसबीच धेरै मुद्दामा धेरै छलफल भएको उनको बुझाइ छ ।
ट्रम्पले भने, “हामी यो कुराकानी पछि हेर्नेछौं कि घोषणा गर्न केही छ कि छैन ।”
ट्रम्पको यो बयान साउदी अरेबियामा अमेरिका र युक्रेनका प्रतिनिधिहरूबीच भएको वार्तापछि आएको हो । साउदी अरेबियामा भएको बैठकपछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको छ ।
यो रुस र अमेरिका बीचको युद्ध अन्त्य गर्ने दिशामा पहिलो कदम हुनेछ ।
अमेरिकाले केही समयदेखि रुस र युक्रेनबीच युद्धविराम गराउने प्रयास गरिरहेको छ र यसका लागि रुसलाई मनाउने प्रयास जारी छ ।
Facebook Comment
Comment