लुम्बिनीको चौथो जित, मधेस ८३ रनले हार्‍यो

नेपालभ्युज

लुम्बिनीको चौथो जित, मधेस ८३ रनले हार्‍यो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले मधेसलाई पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा लुम्बिनीले मधेसलाई ८३ रनले पराजित गरेको हो । लुम्बिनीको यो चौथो जित हो ।

१५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको मधेस २६.५ ओभरमा ७५ रन बनाएर अलआउट भयो । मधेसका लागि दीपेश दासले २३ र हरिशङ्कर शाहले १४ रन बनाए ।

लुम्बिनीका लागि रमेश कुर्मीले ४ विकेट लिए । उनले ८ ओभरमा १० रन खर्चेर २ मेडन पनि फाले ।

विप्रसन केसीले ३ विकेट लिए । ५ ओभरमा ७ रन खर्चेर ३ मेडन ओभर पनि फाले । अजय चौहान र देव खनालले भने १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनी ४६ ओभरमा १५८ रनमा अलआउट भएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले । उनले १२३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए । कृष्णा कार्कीले ३३ र देवले १६ रन बनाए ।

मधेसका लागि भने विशाल पटेल र कमल गुप्ताले ३–३ विकेट लिए । हरिशंकर, प्रदीप पासवान र रञ्जित कुमारले भने १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved