प्रहरीका वरिष्ठ हवल्दार झुण्डिएको अवस्थामा मृत फेला

नेपालभ्युज

प्रहरीका वरिष्ठ हवल्दार झुण्डिएको अवस्थामा मृत फेला

दमौली । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनी लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved