त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो

नेपालभ्युज

त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्‍यो

काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मिति सरेको छ । निर्वाचन समितिले आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुने जानकारी दिएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सोमबार दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved