केन्द्रीय समिति बैठक आह्वान गर्ने रास्वपा सचिवालयको निर्णय

नेपालभ्युज

केन्द्रीय समिति बैठक आह्वान गर्ने रास्वपा सचिवालयको निर्णय
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।  बैठकको मिति र समय भने तय नभएको बताइएको छ ।

बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने काम भएको बताइएको छ ।  बैठकमा वर्तमान राष्ट्रिय राजनीतिका  बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले जानकारी गराएका थिए ।

यस्तै पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलापबारे जानकारी लिने र दिने काम पनि भएको रास्वपाले बताएको छ ।

बैठकमा दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले संसदीय गतिविधि  र  अधिवेशनबारे  जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved