आफ्नो फोटो जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको आपत्ति

नेपालभ्युज

आफ्नो फोटो जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउने युवकलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।

उनले फेसबुकमा स्टाटस लेखेर यो पक्राउलाई अनुचित भनेका हुन् । प्रचण्डको फेसबुक पेजमा लेखिएको छ, ‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन् । फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा फोटो जलाउने राप्रपाको भ्रातृसङ्गठन राष्ट्रिय युवा सङ्गठनका निराजन बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।

सिन्धुपाल्चोकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले असभ्य आरोप लगाएको भन्दै उनले मकवानपुरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved