काठमाडौं । उपभोक्ता र विभिन्न पक्षबाट आएका उजुरीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक बोलाइएको छ ।
समितिको बैठक मङ्गलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सूचनामा उल्लेख छ ।
त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उजुरीको सङ्ख्या १ सय नाघेको भन्दै संसद् बैठक नभएको दिन समितिको बैठक बोलाउन लेखा समितिका सभापतिसमक्ष लिखितरूपमै माग गरेका थिए ।
मनिष झाले लेखा समिति सभापतिलाई लेखेको पत्रमा भनिएको छ, ‘सुशासनको अपेक्षासहित दर्ता गरिएको उजुरीको सङ्ख्या १०० नाघ्न आँट्यो वा सम्भवत: नाघिसकेको हुनसक्छ । तर ती उजुरीमा छलफल गर्न आवश्यक बैठकको ठेगान छैन । बैठक तयारी बारे पनि केही सुनिन्न । समितिले पहिले गरेका निर्णयहरू टेरामक्स, लुम्बिनी, धितोपत्र, सिमेन्टको मुल्य, चिनी र मल लगायतको प्रक्रिया कहाँ पुग्यो त्यो पनि सोधिखोजी छैन ।’
यस्तै झाले चैत्र पाँच र ८ गते सदनको बैठक नभएकाले समितिको बैठक बोलाउन ध्यानाकर्षण गराएका थिए ।
समिति बैठकको एजेण्डामा उजुरी अध्ययन तथा विविध शीर्षक समेत राखिएको छ ।
Facebook Comment
Comment