प्रधानमन्त्री कप क्रिकेट:

लुम्बिनीको तेस्रो जित

नेपालभ्युज

लुम्बिनीको तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले बागमतीलाई पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा लुम्बिनीले बागमतीलाई ४८ रनले पराजित गरेको हो । लुम्बिनीको यो तेस्रो जित हो ।

११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा अलआउट भयो । बागतमीका लागि पृथु बास्कोटाले १५ तथा आशुतोष घिरैया र सुमन सुनारले ११–११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीका लागि भने ब्रिप्रसन केसी र अजय चौहानले ३–३ विकेट लिए । निर्मल गुरुङ र रमेश कुर्मीले २–२ विकेट लिए ।

यस्तै, पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भयो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ रन बनाए । कप्तान देव खनाल र मनिष थापाले १५–१५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

बागमतीका लागि गौतम केसीले ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले २–२ विकेट लिए । रिजन ढकाल र सोनु देवकोटाले भने १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved