नौ महिनादेखि फसेका सुनीता र विल्मोरलाई लिन क्रू–१० टोली पुग्यो अन्तरिक्ष स्टेसन

नेपालभ्युज

नौ महिनादेखि फसेका सुनीता र विल्मोरलाई लिन क्रू–१० टोली पुग्यो अन्तरिक्ष स्टेसन
सुनीता विलियम्स

काठमाडौं । अन्तरिक्षमा फसेकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन क्रू–१० टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेको छ ।

टोलीमा नासाका एनी म्याक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीका ताकुया ओनिशी र रोस्कोसमोसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ समावेश छन् ।

यो टोलीले अन्तरिक्ष यात्री सुनीता र विल्मोरलाई प्रतिस्थापन गर्नेछ ।

अन्तरिक्ष यान क्रू ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसँग जोडिएको छ ।

यसैबीच, अमेरिकाका अर्बपति व्यवसायी एलोन मस्कले सामाजिक सञ्जाल एक्समार्फत स्पेसएक्स ड्र्यागनले केही दिनमा अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जानकारी दिएका छन् ।

अन्तरिक्ष यात्री सुनीता र ब्यारी विल्मोर लगभग नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)मा अलपत्र परेका छन् ।

उनीहरू दुवैले सन् २०२४ को जुन ५ मा यस परीक्षण अभियानका लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए ।

उनीहरू आठ दिनपछि फर्कनु पर्ने थियो । तर उनीहरू रहेको स्टारलाइनर नामक अन्तरिक्षयानले आईएसएस नजिक पुग्नलाग्दा समस्याहरूको सामना गर्नुपरेको थियो ।

अन्तरिक्षयानलाई दिशा दिने यसका पाँच थ्रस्टरहरूले काम गर्न छोडेका थिए । साथै त्यसमा भएको हेलियम पनि सकिएको थियो ।

यसका कारण अन्तरिक्ष यान जलिरहेको इन्धनमा निर्भर हुनुपर्यो । यसले गर्दा दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती रोकिएको बीबीसीको समाचारमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved