प्रधानमन्त्री कप क्रिकेट:

कर्णालीले एपीएफलाई दियो १९० रनको लक्ष्य

नेपालभ्युज

कर्णालीले एपीएफलाई दियो १९० रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशले एपीएफ क्लबलाई १९० रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली ४७ ओभरमा १८९ रनमा अलआउट भएको हो ।

कर्णालीका लागि सुनिल धमलाले ४७ रन बनाए । दीनेश अधिकारीले ३३ रन बनाउँदा दीपेन्द्र रावत भने ३० रनमा अविजित रहे ।

एपीएफका लागि अभिषेक गौतमले ४ विकेट लिए । कमल ऐरीले २ तथा किशोर महतो, रोहित पौडेल, भुवन कार्की र दीपक बोहराले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved