प्रधानमन्त्री कप क्रिकेट:

लुम्बिनीले दियो बागमतीलाई ११६ रनको लक्ष्य

नेपालभ्युज

लुम्बिनीले दियो बागमतीलाई ११६ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ११६ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको हो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ३३ रन बनाए । कप्तान देव खनाल र मनिष थापाले १५–१५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

बागमतीका लागि गौतम केसीले ४ विकेट लिए । सूर्य तामाङ र इशान पाण्डेले २–२ विकेट लिए । रिजन ढकालले भने १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved