प्रतिनिधिसभा बैठकमा ठूला दलका शीर्ष नेता अनुपस्थित, प्रायः कुर्सी खाली (तस्वीरहरू)

प्रतिनिधिसभा बैठकमा ठूला दलका शीर्ष नेता अनुपस्थित, प्रायः कुर्सी खाली (तस्वीरहरू)

काठमाडौं । आज (आइतबार) जारी सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सांसदहरूको उपस्थिति नगन्य देखिएको छ । यसले गर्दा संसद्का प्रायः कुर्सी खाली देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत ठूला दलका शीर्ष नेता संसदमा देखिएका छैनन् । यसले गर्दा अगाडिका कुर्सीसमेत खाली देखिएका छन् ।

पाँचौ दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सदनमा अनुपस्थित छन् ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु भएको हो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटा विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved