काठमाडौं । यमनमा हुथी विद्रोहीमाथि अमेरिकाले ‘भीषण’ हवाई आक्रमण गरेको छ । यसको जानकारी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आइतबार बिहान दिएका हुन् ।
उनले अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएका छन् । लाल सागरमा जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको आक्रमणका कारण अमेरिकाले जवाफी कारबाही गरेको ट्रम्पले उल्लेख गरेका छन् ।

उनले आफ्नो ट्रुथ एकान्टमा लेखेका छन्, ‘इरानद्वारा समर्थित हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन् । । हुथी विद्रोहीहरूको डकैती, हिङ्सा र आतङ्कले अर्बौं डलरको क्षति पुर्याएको छ र मानिसहरूको जीवनलाई जोखिममा पारेको छ ।’
हुथी विद्रोहीद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनका साथै नौ घाइते भएको जनाएको छ ।
Facebook Comment
Comment