धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते

नेपालभ्युज

धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किँदा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

घाइते हुनेमा स्थानीय ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी तथा ३६ वर्षकी मिना र उनकी २० वर्षीया छोरी चन्द्रा खड्का घाइते भएका हुन् ।

जोशी मिनाको घरमा ग्यास जोड्न गएका थिए । जोड्ने क्रममा एक्कासी ग्यास पड्किएको थियो ।

घाइतेहरूको स्थानीय निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू खतरमुक्त रहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved