घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू

नेपालभ्युज

घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू
सांकेतिक तस्वीर

काठमाडौं । घटेको पेट्रोलियम पदार्थको मूल्य मध्यरातिदेखि लागू भएको छ । शनिबार साँझ घटाइएको मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको हो ।

सम्बन्धित समाचार :

इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घट्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved