होली खेल्ने क्रममा छुरा प्रहार : एक युवकको मृत्यु

नेपालभ्युज

होली खेल्ने क्रममा छुरा प्रहार : एक युवकको मृत्यु
सांकेतिक तस्वीर

जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि एक युवकले छुरा प्रहार गर्दा अर्का एक युवकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्हीका १९ वर्षीय आँसु यादवको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनकपुरमा शनिबार होली खेलिएको थियो । छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् ।

होली खेल्ने क्रममा विवाद हुँदा महतोले छुरा प्रहार गरेपछि यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved