प्रधानमन्त्री कप : पुलिसले मधेसलाई १९३ रनले हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप : पुलिसले मधेसलाई १९३ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई १९३ रनले पराजित गरेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा २८९ रनको लक्ष्य पछ्याएको मधेस २६.१ ओभरमा ९५ रन बनाएर अलआउट भएको हो । यो पुलिसको लगातार चौथो जित हो ।

मधेसका लागि दिपेश दासले ३१ रन बनाए । रुपेश सिंहले १६ र बिश पटेलले १३ रन बनाए ।

पुलिसका लागि ललित राजवंशीले ५ विकेट लिए । उनले ९.१ ओभरमा २८ रन खर्चे । सो क्रममा उनले २ मेडन ओभर पनि फाले ।

साथै, कुशल भूर्तेलले २ तथा करण केसी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २८८ रनमा अलआउट भएको थियो । पुलिसका लागि दीपेन्द्र र आरिफ शेखले अर्धशतकीय पारी खेले ।

दीपेन्द्रले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए । आरिफले भने ५४ ओभरमा ४ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए ।

अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाए ।

मधेसका लागि रुपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३ तथा हरिशंकर साहले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved