रञ्जनी श्रीनिवासनले अमेरिका छाडेपछि चर्चामा कोलम्बिया विश्वविद्यालय

नेपालभ्युज

रञ्जनी श्रीनिवासनले अमेरिका छाडेपछि चर्चामा कोलम्बिया विश्वविद्यालय

काठमाडौं । कोलम्बिया विश्वविद्यालयले गत वर्ष क्याम्पसमा प्यालेस्टाइनको समर्थनमा भएका प्रदर्शनमा भाग लिएका विद्यार्थीहरू विरुद्ध कारबाही सुरु गरेको छ। कारबाही सुरु भएसँगै भारतीय विद्यार्थी रञ्जनी श्रीनिवासनले अमेरिका छाडेकी छन्।

बीबीसीका अनुसार क्याम्पसमा गत वर्ष ह्यामिलटन हल कब्जा गर्ने अभियानमा संलग्न केही विद्यार्थीहरूलाई विश्वविद्यालयले निष्कासन गरेको छ  ।

ट्रम्प प्रशासनले क्याम्पसमा यहूदी विरोधी भावनासँग लड्न असफल भएको भन्दै कोलम्बिया विश्वविद्यालयको ४० करोड डलरको कोष रोक्का गरेको छ ।

कोलम्बिया विश्वविद्यालयका विद्यार्थी महमूद खलीललाई पक्राउ गरेपछि विश्वविद्यालय प्रशासनले कारबाही सुरु गरेको हो। खलीललाई हालै संघीय अध्यागमन अधिकारीहरूले हिरासतमा लिएका थिए।

बिहीबार विश्वविद्यालय प्रशासनले विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको न्यायिक बोर्ड (यूजेबी) ले विद्यार्थीहरू विरुद्ध प्रतिबन्ध लगाएको बीबीसी हिन्दीले खबर लेखेको छ । यसमा ‘धेरै वर्षको निलम्बनदेखि अस्थायी रूपमा डिग्री रद्द गर्ने र निष्कासन’ सम्म समावेश छ।

बीबीसी हिन्दीका अनुसार  विश्वविद्यालयले पठाएको इमेलले दर्जनौं विद्यार्थीहरूविरुद्ध प्रतिबन्ध लगाएको सङ्केत गरेको छ विज्ञप्तिमा भनिएको छ, “निलम्बित विद्यार्थीहरूको फिर्ताको मुद्दा कोलम्बिया विश्वविद्यालयले हेर्नुपर्नेछ। कोलम्बिया विश्वविद्यालय नियम, नीति रअनुशासनात्मक प्रक्रियाहरू सुधार गर्न प्रतिबद्ध छ।”

श्रीनिवासन कोलम्बिया विश्वविद्यालयमा शहरी योजनामा अध्ययनरत थिईन् । क्याम्पसमा प्यालेस्टाइनको समर्थनमा भएको प्रदर्शन र हमासलाई समर्थन गरेको आरोपमा उनको भिसा रद्द गरिएको थियो।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीजले  श्रीनिवासनले अमेरिका छाडेको पुष्टि गरेको छ।  विभागकी मन्त्री क्रिस्टी नोएमले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ  ।

श्रीनिवासनले लगेज लिएर निस्किरहेको भिडियो क्लिप एक्समा पोस्ट गर्दै नोएमले लेखेकी छिन्, “संयुक्त राज्य अमेरिकामा बस्न र पढ्नको लागि भिसा दिनु विशेष अधिकार हो। जब तपाईं हिंसा र आतङ्कवादको वकालत गर्नुहुन्छ, त्यो विशेषाधिकार रद्द गरिनुपर्छ र तपाईं यस देशमा बस्नुहुँदैन।”

मिडिया रिपोर्टका अनुसार गृह मन्त्रालयले सुरक्षा कारणले उनको भिसा मार्च ५ मा रद्द गरेको थियो, त्यसपछि मार्च ११ मा उनले सीबीपी होम एप प्रयोग गरेर स्व-निर्वासन लिएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved