काठमाडौं । प्रायः मानिसले हामीलाई परिवर्तन गर्न कोसिस गर्छन् । कहिले उनीहरूको रुचिअनुसार त कहिले समाजको दबाबमा । यस्तो अवस्थामा के तपाईंलाई थाहा छ कि हरेक पटक अरूलाई खुशी पार्ने चक्करमा हामी आफैँलाई गुमाइरहेका हुन्छौँ ?
तपाईंले यो निर्णय गर्नुपर्छ कि आफूलाई खुशी राख्नु महत्त्वपूर्ण छ कि दुनियाँलाई ? किनभने यदि तपाईं बारम्बार अरूको अपेक्षाअनुसार आफूलाई परिवर्तन गर्दै जानुहुन्छ भने एक दिन आफ्नो आत्मसम्मान गुमाउनु हुनेछ । त्यसैले जसले जे–सुकै भने पनि यी ८ बानी अरूको लागि कहिल्यै नबदल्नुहोस् । ती के-के हुन् त जानौँ ।
आफ्नो प्राथमिकतालाई पहिलो राख्नु
आफूलाई प्राथमिकता दिनु आत्म–प्रेम हो, स्वार्थीपन होइन । यदि तपाईं अरूको लागि आफ्नो खुशी र आवश्यकताहरूलाई बेवास्ता गर्नुहुन्छ भने बिस्तारै भित्रैबाट खोक्रो हुँदै जानुहुनेछ । अरूलाई मद्दत गर्नुहोस्, तर आफूलाई पछाडि नपार्नुहोस् ।
आफ्नो सपना नछोड्नुहोस्
के तपाईं आफ्नो जीवन अरूको हिसाबले जिउन चाहनुहुन्छ ? यदि तपाईंभित्र कुनै कुराको जुनून र सपना छ भने, त्यसलाई नमार्नुहोस् । आफ्नो सपनाको कदर गर्नुहोस्, नत्र पछि पछुताउनु पर्नेछ ।
‘होइन’ भन्न सिक्नुहोस्
मानिसहरूले सधैँ चाहन्छन् कि तपाईं उनीहरूको कुरा मान्नुहोस्, उनीहरूको लागि समय निकाल्नुहोस्, उनीहरूको हिसाबले चल्नुहोस् । तर के उनीहरूले तपाईंको लागि पनि त्यस्तै गर्छन् ? त्यसैले हरेक कुराको लागि ‘हो’ भन्नु जरुरी छैन, आफ्नो सीमाहरू निर्धारण गर्नुहोस् ।
आफ्नो नैतिक मूल्यसँग सम्झौता नगर्नुहोस्
कहिलेकाहीँ परिस्थितिले तपाईंलाई बाध्य गर्न सक्छ कि तपाईं झूट बोल्नुहोस्, छल गर्नुहोस्, गलत काम गर्नुहोस्, तर यदि एक पटक तपाईंले आफ्नो मूल्यहरूसँग सम्झौता गर्नुभयो भने, फेरि आफैसँग आँखा मिलाउन गाह्रो हुनेछ । सारा संसार तपाईंको विरुद्ध भए पनि सहीको लागि अडिग रहनुहोस् ।
मानसिक शान्ति
यदि कुनै कुरा, कुनै सम्बन्ध वा कुनै व्यक्तिले तपाईंको मानसिक शान्ति नष्ट गर्दैछ भने, त्यसबाट टाढा रहनु नै राम्रो हो । मानिसहरू भन्नेछन् “यति धेरै नसोच्नुहोस्, सबै ठीक हुन्छ” तर यदि तपाईं आफै खुसी हुनुहुन्न भने त्यसको के फाइदा ? आफूलाई नकारात्मक कुराहरू र मानिसहरूबाट बचाउनुहोस्, आफ्नो खुसीलाई महत्त्व दिनुहोस् ।
व्यक्तिगत समयसँग सम्झौता नगर्नुहोस्
हरेक व्यक्तिलाई आफ्नो गोपनीयता र एक्लै समय बिताउने अधिकार हुन्छ । यदि कोही तपाईंलाई बारम्बार नियन्त्रण गर्ने कोसिस गर्दैछ, तपाईंको हरेक कुरामा हस्तक्षेप गर्दैछ भने, यो सही होइन । व्यक्तिगत समयको कदर गर्नुहोस् ।
आफ्नो राम्रो बानी र सादगी नगुमाउनुहोस्
धेरै राम्रो नबन्नुहोस् अरूले फाइदा उठाउनेछन् भनेर तपाईंलाई सबैले भन्नेछन् तर के तपाईं पनि उनीहरू जस्तै बन्न चाहनुहुन्छ ? यदि तपाईं अरूप्रति विनम्र, दयालु र इमानदार हुनुहुन्छ भने, यो तपाईंको सबैभन्दा ठूलो शक्ति हो ।
संसार जस्तो भए पनि, तपाईं राम्रो व्यक्ति बन्नुपर्छ । संसार बदलियोस्, तर तपाईं आफ्नो मानवता नछोड्नुहोस् ।
आफ्नै पहिचान कायम राख्नुहोस्
यदि मानिसहरूले यसरी नबस्नुहोस्, यसरी नबोल्नुहोस्, यसरी नसोच्नुहोस् भन्छन् भने तब बुझ्नुहोस् कि उनीहरू तपाईंको वास्तविकता स्वीकार गर्न सक्दैनन् ।
यदि तपाईं आफूलाई अरूले भनेको जसरी बदल्दै जानुभयो भने, एक दिन आफूलाई पहिचान पनि गर्न सक्नुहुन्न । संसारभन्दा फरक हुनु गलत होइन, आफ्नो पहिचान कायम राख्नुहोस् ।
Facebook Comment
Comment