भक्तपुरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते (नामावलीसहित)

नेपालभ्युज

भक्तपुरमा स्कार्पियो दुर्घटना, ८ जना घाइते (नामावलीसहित)
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुरमा तीव्र गतिमा रहेको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

घाइते हुनेमा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी रहेको भक्तपुर प्रहरीले जनाएको छ । उनीहरूको मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण गाडी आफै अनियन्त्रित भएर सडकमा पल्टिएको  प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved