सुकुटेमा होलीसँगै राफ्टिङ गर्नेको भीड (तस्वीरहरू)

सुकुटेमा होलीसँगै राफ्टिङ गर्नेको भीड (तस्वीरहरू)

सिन्धुपाल्चोक । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा होली मनाउन उपत्यका लगायतका आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको भीड लागेको छ ।

उपत्यकाबाट होली मनाउँदै राफ्टिङ गर्न अधिकांश आन्तरिक पर्यटक बुधबार (हिजो) साँझ नै सुकुटे आएका छन् ।

सुकुटे बजार आसपास अहिले करिब १५ वटा ठूला रिसोर्ट र ५ वटा साना होटेल सञ्चालनमा छन् । यहाँ भएका प्रायः सबै रिसोर्ट अनि होटेलको मुख्य उदेश्य नै आन्तरिक एवं बाह्य पर्यटकलाई राफ्टिङ गराउनु हो ।

विश्व राफ्टिङमा उत्कृष्ट ५ गन्तव्यभित्र पर्ने भोटेकोशी नदी काठमाडौं उपत्यका बासिन्दाको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

यो बाहेक त्रिशुली नदी पनि उनीहरुको गन्तव्य हो । नेपालमा उपल्लो र तल्लो भोटेकोशी, त्रिशुली, काली गण्डकी, अरुण, तमोर, पश्चिम सेती, मर्स्याङ्दीलगायतका नदी राफ्टिङका लागि विश्वभर प्रसिद्ध छन् ।

सुकुटेमा अवस्थित राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राईका अनुसार गर्मी लागेसँगै यो क्षेत्रमा सप्ताह अन्तमा करिब १० हजार आन्तरिक पर्यटक राफ्टिङको लागि आउने गर्दछन् ।

तस्वीरहरू-

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved