अधिकांश वाणिज्य बैङ्कको ब्याजदर यथावत्, कुनको कति ?

नेपालभ्युज

अधिकांश वाणिज्य बैङ्कको ब्याजदर यथावत्, कुनको कति ?

काठमाडौं । चैत महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर यथावत् राखेका छन् । आगामी महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै हाल सञ्चालनमा रहेकामध्ये १७ वाणिज्य बैङ्कले ब्याजदर यथावत् राखेका हुन् ।

तीन बैङ्कले भने आफ्नो ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैङ्कहरूमा हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैङ्क रहेका छन् ।

चैतमा वाणिज्य बैङ्कहरूको ब्याजदर औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो ।

चैतमा एनआइसी एशिया बैङ्कमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाइने भएको छ । यस बैङ्कको ब्याजदर चैत्रका लागि ६ दशमलव ६ प्रतिशत कायम गरिएको छ । अन्य करिब एक दर्जन बैङ्कमा ६ प्रतिशत माथि ब्याज पाइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved