सानेपाको वर्कसपमा आगलागी

नेपालभ्युज

सानेपाको वर्कसपमा आगलागी
सांकेतिक तस्वीर

ललितपुर । ललितपुर महानगरपालिका–२ सानेपा करिडोरस्थित राजअटो इलेक्ट्रोनिक वर्कसपमा विद्युत् सर्ट भई आगलागी भएको छ । विना पाण्डेले सञ्चालन गरेको वर्कसपमा बुधबार बिहान आगलागी भएको हो ।

आगलागीबाट वर्कसपसँगै जोडिएको पसल र खाजा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved