कृष्णबैजनाथ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका भट्ट सर्वसम्मत

नेपालभ्युज

कृष्णबैजनाथ क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका भट्ट सर्वसम्मत

कञ्चनपुर । जिल्लाको शुक्लाफाटाँ नगरपालिका–१० झलारीमा रहेको कृष्णबैजनाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को अध्यक्षमा करनप्रसाद भट्ट चयन भएका छन् ।

नेपाल विद्यार्थी सङ्घका भट्ट सर्वसम्मतिका आधारमा अध्यक्षमा चयन भएका हुन् । साथै सचिवमा अखिल क्रान्तिकारीका मनीषा धानुक, कोषाध्यक्षमा अनेरास्ववियुका प्रवीन धामी सर्वसम्मत रुपमा चयन भएको क्याम्पस प्रमुख भवराज निरौलाले जानकारी दिए ।

उनका अनुसार स्ववियुको सदस्य पदमा नेविसङ्घका सङ्गीता भट्ट, हेमराज भट्ट, अखिल क्रान्तिकारीका मोहन बोहरा, गणेश पन्त र अनेरास्ववियुका मञ्जु औजी सर्वसम्मत रुपमा चयन भएका छन् । उपाध्यक्षमा भने पछि निर्णय गरिने जनाइएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved