थाइल्यान्ड । जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी सीक्सले २०२५को सर्वश्रेष्ठ ईभी पीकअप अवार्ड जितेको छ । थाइल्यान्डमा आयोजित कार्यक्रममा रिड्डारा आरडी सीक्सले सो अवार्ड जितेको हो ।
नेपालमा रिड्डारा आरडी सीक्सलाई २०२४को नाडा अटो शोमा लन्च गरिएको थियो । जहाँ यसले ग्राहकहरूको राम्रो प्रतिक्रिया पाएको थियो ।
जिलीको राडार ब्रान्डअन्तर्गत विकास गरिएको आरडी सीक्स मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चरमा निर्माण गरिएको हो । जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर प्लेटफर्ममा आधारित रहेको बताइएको छ ।
यसको मुख्य विशेषता २०० किलोवाट पर्मानेन्ट म्याग्नेट सिक्क्रोनस मोटर (पिएमएसएम) जसले २७२ पिएस र ३८४ एनएम टोक प्रदान गर्दछ । यसमा ६३ किलोवाट घण्टा लिथियम आयरन फाँस्फेट ब्याट्री जसको एनएडीसी दाबी गरिएको दायरा ३७७ किमी छ ।
यसमा ७ दशमलव २ किलोवाट एसी चार्जिङ छ । कम्पनीका अनुसार ९ दशमलव ५ घण्टामा १०० प्रतिशत चार्ज हुन्छ । व्हीकल–टु–लोड ६ किलोवाटसम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्नेछ ।
यस्तै, उन्नत ग्राउन्ड क्लियरन्स २२५ मिमी छ । जुन आइसीई पीकअपहरूभन्दा २० प्रतिशत बढी छ। कार्गो स्पेसः १ हजार २०० लिटर, जसमा पावर सॉकेटहरू समावेश छन् । लेदर–र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, १२ दशमलव ३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १० दशमलव २५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् ।
यसको आकार: ५२६० मिमी (लम्बाइ), १ हजार ९०० मिमी (चौडाइ), १ हजार ८६५ मिमी (उचाइ) र ३ हजार १२० मिमी व्हीलबेस छ । म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टी–लिङ्क (पछाडि) छ ।
Facebook Comment
Comment