कोशी : प्रधानमन्त्रीले ‘घोचपेच नगर्ने’ आश्वासनपछि विपक्षी दल बैठकमा सहभागी हुन तयार

नेपालभ्युज

कोशी : प्रधानमन्त्रीले ‘घोचपेच नगर्ने’ आश्वासनपछि विपक्षी दल बैठकमा सहभागी हुन तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने विपक्षी दलको चेतावनीपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरुसँग छलफल गरेका छन् ।

मङ्गलबार बिहान विराटनगरमा विपक्षी दलहरूको तर्फबाट प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री कार्कीसँगको छलफलपछि प्रदेशसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधनको क्रममा अवरोध नगर्ने सहमति भएको छ । माओवादी नेता आङ्बोकाअनुसार मुख्यमन्त्री कार्कीले केही विषयमा आश्वस्त पारेपछि विपक्षी दलहरू बैठकमा सहभागी हुन सकारात्मक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले “प्रधानमन्त्रीले संस्थागत ढङ्गले बोल्ने, घोचपेच नगर्ने” भन्ने विषयमा आश्वस्त पारेपछि बैठकको लागि सकारात्मक रहेको आङ्बोले बताए । “प्रधानमन्त्री आउने विषयको औपचारिक जानकारी विपक्षी दललाई नदिएकोमा उहाँले आत्मालोचना गर्नु पनि भयो,” आङ्बोले भने ।

उनले विपक्षी दलहरूबीच छलफल गरेर एउटा साझा धारणा बनाएर बैठकमा जाने नेपालभ्युजलाई बताए। “हामी बैठकमा जान सकारात्मक छौँ । अब विपक्षी दलका साथीहरू बसेर साझा धारणा बनाउँछौँ, आङ्बोले भने, “यदि प्रधानमन्त्री बोल्ने क्रममा गालीगलौज उत्रिनु भए नियमापत्ति राख्दै बहिष्कार गर्छौ भनेर भनेका छौँ ।”

कोशीमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीको सधैँ लफडा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved