स्ववियु निर्वाचन मुस्ताङको क्याम्पसमा सर्वसम्वत नेतृत्व चयन

नेपालभ्युज

स्ववियु निर्वाचन मुस्ताङको क्याम्पसमा सर्वसम्वत नेतृत्व चयन

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको एकमात्र तेजनिरला जनहित बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व सर्वसम्वत चयन गरिएको छ ।

आगामी चैत ५ गते हुने निर्वाचन कार्यतालिकाअन्तर्गत साेमबार उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने क्रममा दर्ता भएका विद्यार्थी सङ्घ/सङ्गठनबीचको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।

क्याप्पस प्रमुख एवं निर्वाचन अधिकृत अधितीयचन्द्र थकालीका अनुसार आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन कार्यक्रम अगावै मुस्ताङको उक्त क्याम्पसमा मनोनयपत्र दर्ता गर्ने दिन आजै दर्ता भएका सङ्घ/सङ्गठनको सहमतिमा सर्वसम्वत नेतृत्व चयन भएको हो ।

उक्त सामुदायिक क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुकी अञ्जु परियार सर्वसम्वत निर्वाचित भएकी छिन् ।

उपसभापतिमा नेपाली काङ्ग्रेस निकट नेविसङ्घका सुदीप भर्ती थकाली, सचिवमा उपदेश चौधरी (नेविसङ्घ), सहसचिवमा धीरज परियार (अनेरास्ववियु) र कोषाध्यक्ष पदमा निशा गौचन (नेविसङ्घ) सर्वसम्वत निर्वाचित भए ।

यसैगरी सदस्यमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट देवराज लामिछाने, अनेरास्ववियुबाट अशोक भण्डारी र कमल गुरुङ, नेविसङ्घबाट मनिका विक निर्वाचित भएको क्याम्पस प्रमुख थकालीले जानकारी दिर्ए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved