आईआईएमएस २०२५ मा नेटाको ३२८ बुकिङ

नेपालभ्युज

आईआईएमएस २०२५ मा नेटाको ३२८ बुकिङ

इन्डोनेसिया । पीटी नेटा अटो इन्डोनेसियाले २०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस) मा पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३-२३ सम्म JIExpo Kemayoran, जकार्तामा आयोजित शोमा NETA V र NETA X को ३२८ बुकिङ भएको छ ।

पीटी नेटा अटो इन्डोनेसियाका प्रबन्ध निर्देशक क्रिस लान भन्छन्, ‘यो उपलब्धिले  इन्डोनेसियाली ग्राहकहरूको विश्वास दर्साउँछ र उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ ।’

प्रदर्शनमा निःशुल्क वाल चार्जर, विशेष बीमा, र लाइफटाइम वारेन्टी जस्ता आकर्षक अफरहरू दिइएको थियो । यसैबीच, नेपालमा NETA को आधिकारिक वितरक CG Motors ले एक हजारभन्दा बढी NETA V र NETA X बिक्री गरिसकेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved