तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

नेपालभ्युज

तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा ३ सय, बुधबार ९ सय र मङ्गलबार १ हजार ४ सय रूपैयाँले बढेको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved