काठमाडौं । हरेक व्यक्तिको जीवनमा कुनै न कुनै रहस्य हुन्छ । जुन कसैसँग पनि सेयर गर्दैनन् ।
विशेषगरी महिलाहरूले यी कुरामा ध्यान दिनु आवश्यक छ । धेरै पटक तपाईंले कसैलाई आफ्नो मानेर कुराहरू सेयर गर्नुहुन्छ, तर यो भविष्यमा समस्या बन्नसक्छ । त्यसकारण सोच–विचार गरेर मात्र आफ्नो व्यक्तिगत कुराहरू कसैसँग सेयर गर्नुपर्छ ।
आज हामी तपाईंलाई कस्ता कुराहरू सेयर गर्नबाट बच्नुपर्छ, यसबारेमा बताउनेछौँ –
परिवारका समस्या
महिलाहरूले कहिल्यै पनि कसैसँग आफ्नो परिवारका समस्याहरू सेयर गर्नुहुँदैन । यसलाई सधैँ अरूबाट लुकाएर राख्नुपर्छ ।
यदि तपाईंले पारिवारिक समस्याहरू अन्य व्यक्तिहरूसँग सेयर गर्नुभयो भने उसले यसको फाइदा उठाउन सक्छ । यस्ता कुरा तिनीहरूसँग मात्र गर्नुहोस्, जो तपाईंको विश्वासयोग्य छन् ।
व्यक्तिगत सम्बन्ध
महिलाको आफ्नो पति वा साथीसँग कस्तो सम्बन्ध छ, यो पूर्ण रूपमा व्यक्तिगत राख्नुपर्छ ।
यदि तपाईं यसबारे कसैसँग सेयर गर्नुहुन्छ भने सम्बन्धमा दूरी आउन थाल्छ । सामुन्ने व्यक्तिको पनि तपाईंप्रति हेराइ र बुझाइ बिग्रन सक्छ । त्यसैले कुनै पनि समस्या चलिरहेको छ भने त्यसलाई आफैँ समाधान गर्नुहोस् ।
वित्तीय विवरण
कहिल्यै पनि महिलाहरूले आफ्नो तलब, बैङ्क ब्यालेन्स, लगानी वा सम्पत्तिको बारेमा कसैलाई जानकारी दिनुहुँदैन । मानिसहरूले यसको गलत फाइदा उठाउँछन् । तपाईं ठगीको पनि सिकार हुन सक्नुहुन्छ ।
भविष्यको योजना
चाहे महिला होस् वा पुरुष, हरेकसँग भविष्यको लागि योजना हुन्छ । यी कुराहरू तपाईंले गोप्य राख्नुपर्छ । गलत मानिसले तपाईंको योजना बिगार्ने कोसिस गर्न सक्छन् । योजनामा सफलता पाएपछि मात्र यसको चर्चा गर्नुहोस् ।
स्वास्थ्य र मेडिकल अवस्था
कुनै पनि व्यक्तिको स्वास्थ्य नै उसको सबैभन्दा ठूलो सम्पत्ति हुन्छ । यद्यपि, आफ्नो मेडिकल इतिहास वा कुनै पनि स्वास्थ्य समस्याको बारेमा तपाईंले कसैलाई बताउनु हुँदैन ।
मानिसहरू यी कुराहरूलाई लिएर तपाईंलाई मूल्याङ्कन गर्न सक्छन् ।
Facebook Comment
Comment