तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको भाउ

नेपालभ्युज

तोलामा १४ सय रूपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved