पहिलोपटक ओस्कार अवार्ड जितेपछि आँशुले भरिए जोईका आँखा

नेपालभ्युज

पहिलोपटक ओस्कार अवार्ड जितेपछि आँशुले भरिए जोईका आँखा

लस एन्जलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह–अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छिन् ।

’एमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन् । यो जोईले जितेको पहिलो ओस्कार अवार्ड हो ।

ओस्कार अवार्ड प्राप्त गरेपछि जोई आँखा आँसुले भरिए । उनी रोइरहेको दृश्यले समारोहमा उपस्थितलाई निकै भावुक बनाएको थियो ।

भावुक हुँदै उनले भनिन्, ‘म यो पुरस्कार प्राप्त गर्ने डोमिनिकन मूलकै पहिलो अमेरिकी हुँ, मलाई थाहा छ– म यो पुरस्कार प्राप्त गर्ने अन्तिम व्यक्ति हुनेछैन ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved